भेरी अस्पतालमा थप ७० सैय्याको कोरोना वार्ड निर्माण अन्तिम चरणमा

हेल्थपोस्ट नेपाल

कोरोनाका गम्भीर संक्रमितलाई लक्षित गरेर भेरी अस्पतालमा ७० सैय्याको नयाँ कोभिड वार्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश गम्भीर अवस्थाका संक्रमित आउन थालेपछि बाँकेमा कोभिड–१९ विशेष अस्पतालको क्षमता विस्तार गरेर ७० सैय्या थप गर्ने कार्य भइरहेको हो।

अस्पतालमा यसअघि ७० सैय्या सञ्चालनमा रहेको जनाउँदै कोभिड विशेष अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले जिल्लामा संक्रमित बढेका बेला र बाहिरी जिल्लाबाट धेरै संक्रमित आउन थालेपछि क्षमता विस्तारको काम भइरहेको बताए। उनले सैय्या विस्तारको काम केही दिनभित्रै पूरा हुने र वार्डहरू सञ्चालनमा ल्याइने जानकारी दिए।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बाँके, बर्दियालगायत यस क्षेत्रका अन्य धेरै जिल्लाबाट संक्रमित उपचारका लागि आउने क्रम निरन्तर जारी रहेको बताए। अस्पतालमा ७० शैय्याको थप कोभिड वार्ड निर्माणपछि उपचारमा सहजता आउने उनको भनाई थियो।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङल भने, ‘सिकिस्त बिरामीलाई व्यवस्थापन गर्ने स्थान अभाव भएपछि सबैको समन्वय र सहकार्यमा अस्पतालमा ७० शैय्याको थप कोभिड वार्ड निर्माण गर्ने कार्य भइरहेको छ। निर्माण सकिएपछि कोभिडका विरामीको उपचारमा सहजता आउनेछ।’ जिल्ला समन्वय समिति र स्थानीय तहको एक करोड रुपैयाँको लगानीमा कोभिड वार्ड निर्माण भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *