अर्थमन्त्री पौडेलको संसद विकास कोषको ४ करोड स्वास्थ्य क्षेत्रमा

हेल्थपोस्ट नेपाल

अर्थमन्त्री विष्णु पौडेल संसद विकास कोषेको यो वर्ष सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।

कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यक देखिएको भन्दै पौडेलले संसद विकास कोषको चार करोड रकम पौडेलले स्वास्थ्य क्षेत्रमा लगाएको बताए ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि)–२०७७ ले निर्देशित अन्तर्गतको बजेट हो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नंं. २ प्रतिनिधी सभाका सदस्य समेत रहेका पौडेलले गत वर्ष संसद विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका थिए ।

विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड, सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रमका लागि १ करोड बजेट छुट्याइएको छ ।

त्यस्तैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ लाई, १ करोड ५० लाख रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *