वीरका पदाधिकारीको कार्यकक्ष र लेखा प्रशासनमा तालबन्दी

हेल्थपोस्ट नेपाल

वीर अस्पतालमा आन्दोलित स्वास्थ्यकर्मी तथा कर्मचारीले आइतबार अस्पतालका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिेका छन्। वीर अस्पतालमा आन्दोलन भएको ४२औं दिनमा तालबन्दी गरिएको हो।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुवराज आचार्यले पदाधिकारीलाई निषेध गरिसकेपछि पनि आन्दोलनप्रति ध्यानआर्कषण नभएकले आन्दोलन थप कडा पार्नु परेको बताए।

आफूहरूका मागको बेवास्ता भएकाले आज पदाधिकारीको कार्यकक्ष र लेखा प्रशासनमा तालाबन्दी गरिएको उनी बताउँछन्।

उनले मंसिर ४ गते ध्यानाआर्कषण गराउनको लागि नै भन्दै अस्पताल प्रशासनका पदाधिकारीलाई अस्पताल छिर्न नदिएको बताए।

यतिगर्दा पनि मागलाई पुरा गर्न सकिन्दैन भनेर विज्ञप्ती निकालेर अस्पताल प्रशासनले होटल एलो प्यागोडाबाट अफिस चलाएको उनको आरोप छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *