बहुअपाङ्गता भएकी गर्भवतीको उद्दार

 राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ मंसिर १४ गते १०:५४

आठ महिनाको गर्भ रहेकी झापा बाह्रदशी ५ की बहुअपाङ्गता भएकी १६ वर्षीय किशोरीको उद्दार गरिएको छ।

उनलाई अहिले कोशी अञ्चल अस्पताल बिराटनगरको एकद्वार संकट व्यवस्थापन विभाग ( ओसीएमसी डिपार्ट ) मा राखिएको जनाइएको छ।

नेपाल रेडक्रस सोसाइटी झापाको सहयोग र इलाका प्रहरी कार्यालय बिर्तामोडको समन्वयमा ति किशोरीको उद्दार गरिएको हो ।

नारी कल्याण समाज र सुरुवाती कोठा नेपाल झापाका प्रतिनिधिले उनलाई उद्दार गरेर बिराटनगर लगेको हुन्।

उनको मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर परीक्षण गरिएको थियो।

रिपोर्ट नेगेटिभ आएको छ।

मेची प्रादेशिक अस्पतालबाट सुरक्षित गर्भपतनका लागि सिफारिस बनाइए पनि गर्भपतन सम्भव नहुनेल्ल भएपछि चिकित्सकीय निगरानीमा राखिएको जनाइएको छ।

हाडनाता करणी वा त्यस्तै अफ्ठ्यारो र असहज परिस्थितिमा २८ हप्तासम्मको गर्भपतन गर्न पाइने कानुनी व्यवस्था छ। ‘’,

‘ति किशोरीको गर्भ ८ महिना लागिसकेको रहेछ नारी कल्याण समाज झापा अध्यक्ष प्रेमा भट्टराईले भनिन्, ’उनलाई ४८ घण्टा निगरानीमा राखेर के गर्ने चिकित्सकले निर्णय गर्छ्न्, अरु हामीले भन्न सकिन्न ।’

उनको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको चिकित्सकले बताएको सुरुवाती कोठा नेपाल झापाका अध्यक्ष दिपक दासले बताए।

उनलाई उद्दार गरिएको ४८ घण्टा नभएकाले के हुन्छ भन्न नसकिने दासको भनाइ छ।

न्याय तथा विकासका लागि सामाजिक सञ्जाल झापाले उद्दारको सुरुवाती अहिलेसम्मको खर्च बेहोरेको अध्यक्ष कुमार चुडालले जानकारी दिए।

उनको सुरक्षित गर्भपतन नहुने भएपछि चिकित्सकले निर्क्यौल गरेर ९ महिना पुगेपछि वा त्यस अगावै परिस्थिति हेरेर बच्चा जन्माइने छ।

‘सिजर गर्ने वा नर्मल डेलिभरी गराउने अवस्था हेरेर निर्णय गरिन्छ, उद्दारकर्ता मध्ये एकजनाले चिकित्सकको भनाई उल्लेख गर्दै भने, ‘अवस्था अलिक जटिल छ, आवश्यकता अनुसार निर्णय गर्नु पर्छ ।’

ति किशोरीको पेटमा भएको बच्चा सकुशल पैदा भए आमा र शिशुलाई झापाको कनकाई नगरपालिकामा रहेको सुस्त मनस्थिति सरोकार समाज सुरुङ्गामा राखिने छ।

प्रदेश १ सरकारको स्वामित्वमा रहेको दीर्घकालीन पुनर्स्थापना केन्द्र ( सेफ हाउस ) विराटनगरमा राख्ने तयारी भइरहेको सुरुवाती कोठा नेपाल झापाका अध्यक्ष दिपक दासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय