गर्भावस्थामा मुटुको चाल किन बढ्छ, कसरी सामान्य बनाउने?

हेल्थपोस्ट नेपाल

महिलाको मुटुको चाल सामान्य अवस्थामा सामान्य भए पनि गर्भवती अवस्थामा भने मुटुको चाल फेरबदल भइरहन्छ।

सामान्यतया गर्भवतीका बेला मुटुको चाल पहिले भन्दा बढ्दछ।

कसरी थाहा पाउने सामान्य मुटुको चाल?

गर्भ अवस्थामा धड्कनको गति यत्ति नै हुनुपर्छ भन्ने छैन, तर डाक्टरहरुले महिलाहरू सामान्य अवस्थामा रहँदाको चाल र पछिको चाललाई नापेर फेरबदल भएको जानकारी राख्दछन्।

एक अध्ययनका अनुसार, सामान्य अवस्था भन्दा गर्भवती भएको बेला १० प्रतिशतले मुटुको चाल बढ्दछ। अर्थात्, १ मिनेटमा ७ देखि ८ बिटभन्दा धेरै धड्किन्छ।

३६ हजार २३९ गर्भवती महिलाहरुमा गरिएको एउटा अध्ययनबाट यो पत्ता लगाइएको हो।

गर्भ अवस्थाको हरेक हप्ता र महिनामा मुटुको चाल बढ्दै जान्छ। अध्ययनका अनुसार, १० हप्तामा ७९.३ विपिएम हुन्छ भने ४० हप्तामा बढेर ८६.९ बिपिएम हुन्छ।

यो अवस्थामा बढ्नु घट्नु सामान्य रहेको अध्ययनले जनाएको छ। थोरै केसहरुमा मात्र मुटुको चाल बदलिनु मुटुमा समस्या हुनसक्छ।
गर्भावस्थामा किन मुटुको चाल असमान्य हुन्छ?

पहिलेदेखि नै असामान्य मुटुको चाल

जो मानिसको पहिले नै मुटुको चाल कहिले बढ्ने कहिले घट्ने हुन्छ, त्यस्ता व्यक्तिको गर्भवती भएको समयमा पनि असामान्य नै रहन्छ।

मुटुको राग

मुटु स्वास्थ्य समस्या गर्भवती भएको समयमा हुनु साधारण हो। मुटुकै रोगका कारण गर्भवतीहरूको धेरै मृत्यु हुने गर्दछ।

मानसिक तनाव

मानसिक तनावका कारण पनि मुटुको चाल छिटो हुनसक्छ। त्यसैले मन शान्त राख्नुपर्छ। अनावश्यक तनाव लिनुहुँदैन।

मुटुको धड्कनको गतिलाई सामान्य राख्न के गर्ने? 

व्यायाम गर्ने 

हल्का व्यायाम गर्ने वा डाक्टरको सल्लाह बमोजिम गर्ने। गर्भवती महिलाले हप्तामा कम्तीमा १५० मिनेट एरोबिक व्यायाम गर्नुपर्छ।
हिँड्ने, पौडिने, योगा गरेर दर्द कम गर्न सकिन्छ।

पौष्टिक आहार

डाक्टरको सल्लाहअनुसार पौष्टिक आहार गर्नुपर्छ। प्रायजसो गर्भवती महिलालाई २,२०० देखि २,९०० क्यालोरी चाहिन्छ। यो पनि उमेर, शरीरको आकार, गतिविधिहरूमा भर पर्दछ।

प्रोटिन, फलफुल, तरकारी र अन्य पौष्टिक आहारले मुटुलाई स्वस्थ्य राख्न सकिन्छ।

डाक्टरको सल्लाह लिने

हरेक तीन महिना डा. वा  स्वास्थ्यकर्मीहरूलाई भेटेर सल्लाह लिनुपर्छ।

मानसिक तनाव कम गर्ने

एन्जाइटीले मुटुको चाल बढाउँछ र गर्भ अवस्थालाई झन् समस्या उत्पन्न गराउनसक्छ।

यस्तो बेला डाक्टर वा काउन्सिलरसँग परामर्श लिने, बिस्तारै र लामो सास फेर्न अभ्यास गर्ने गर्नपर्छ। एजेन्सीकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *