बुटवलकाे कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय तथा कपिलवस्तुको गोरुसिङ्गेका ७४ वर्षीय पुरुष रहेका छन्।
उनीहरु दुवैजना पहिलेदेखि नै मृगौलाको विरामी रहेका अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।