देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

शुक्रबार देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

शुक्रबार देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ३५ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *