‘घरभित्रको हावा ताजा राखे कोरोना संक्रमण जोखिम कम हुन्छ’

हेल्थपोस्ट नेपाल

धैरैजसो सार्स–कोभ–२ (कोभिड–१९) घरभित्रबाटै सर्ने सम्भावना रहन्छ। सास फेर्ने क्रम भइरहेको हुँदा कोरोना भाइरस घरभित्रै रहन्छ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार घरभित्र सानातिना भेटघाट गरेकै कारण कोरोना संक्रमण बढ्दै गएको हो।

घरमा संक्रमण फैलिनबाट जोगिन संक्रमितलाई घरबाट टाढा राख्नु नै उत्तम उपाय हो।

तर, यो काम गर्न निकै कठिन छ, किनकि ४० प्रतिशत मानिसमा कोरोना संक्रमणको लक्षण देखिँदैन र लक्षण नदेखिएका संक्रमितले पनि कोरोना सार्न सक्छन्।

बाहिर ननिस्किनु नै राम्र्रो उपाय हो। तर, घरबाट निस्किन सकिन्न भने सधैं मास्क लगाएर बस्नुपर्छ।

त्यस्तै सबैजनासँग ६ फिटको दुरी कायम गर्नुपर्छ। घरभित्रै मात्र सधैं बसिराख्नु हुँदैन। यदि बाहिर निस्कनै मिल्दैन भने ताजा हावा कोठामा पस्न दिनुपर्छ।

घरभित्र संक्रमण फैलन नदिन झयालढोका, भेन्टिलेसन, एयर क्लिनर वा फिल्टर प्रयोग गरेर ताजा हावा आउन दिनुपर्छ।

घरमा सधैं झ्याल, ढोका, प्वाल तथा अन्य ठाउँबाट हावा आइरहन्छ। घरभित्र, एक घन्टामा शून्य दशमवल ५ क्युबिक फिट हावा परिवर्तन हुन्छ। कम झ्याल, ढोका

खोलिने हुँदा दुई घन्टामा जम्मा दुईतिहाइ हावा फेरिन्छ भने कोठाभित्रको तातो हावा पूर्णरूपमा फेरिन करिब ६ घन्टा लाग्छ। कम गतिमा हावा फेरिए, संक्रमणलाई चाहेर पनि रोक्न गाह्रो पर्छ।

घरमा जति धेरै भेन्टिलेसन हुन्छ त्यति धेरै राम्रो हुन्छ। कोठाभित्रको हावा फेरिन कोठाको आकारमा पनि भरपर्छ। १० वर्गफिटको कोठाभित्र चारजन छन् भने प्रत्येक घन्टा तीनपटक हावा फेरिनुपर्छ।

विश्व स्वास्थ्य संगठनले घन्टामा ६ क्युबिक फिट हावा फेरिनुपर्ने सुझाव दिएको छ।

यसको मतलब जति ताजा हावा भित्र छिर्छ, त्यति राम्रो हुन्छ। त्यसैले सकेसम्म सबै झ्याल खोल्नुपर्छ। महामारीमा त झनै धेरै हावा फेरिनुपर्छ।

त्यस्तै शौचाल र भान्छाघरको चिम्नीमा पंखा खोलिराख्नुपर्छ ताकि भित्रको हावा बाहिर जाओस्। झ्याल खोलेर फ्यान पनि खोलियो भने घरभित्रको हावा छिटोछिटो परिवर्तन हुन्छ।

घरभित्रको हावा सफा राख्न एयरफिल्टर प्रयोग गर्न सकिन्छ भने अर्को कोठालाई तातो बनाएपछि झ्याल खोलिदिँदा छिटो हावा परिवर्तन हुन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *