डा. गोविन्द केसी केही दिन अस्पतालमा रहने

हेल्थपोस्ट नेपाल

डाक्टर गोविन्द केसी अझै केही दिन अस्पतालमा रहने भएका छन्।

केसीले अस्पतालमा बस्ने इच्छा राखेपछि केही दिनपछि मात्र डिस्चार्जको गर्न तयारी रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

उनको स्वास्थ्य सुधार हुँदै भएको उपचारमा सम्लग्न चिकित्सक सन्तकुमार दासले बताए।

‘उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य नै रहेको छ,’ डा. दासले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ उहाँले घरमा आइसोलेसनको व्यवस्था भइरहेको जानकारी दिनुभएको छ। तयार भएपछि घर इच्छा राख्नु भएको छ।’

डा. केसीलाई घर जानु अघिमात्रै परीक्षण गरेर पठाउने तयारी भएको दासले बताए।

सुरूका दिनमा उच्च ज्वरो, श्वासप्रश्वास तथा छातीमा समस्या देखिएको थियो। पहिला पुरै अक्सिजनको सहायतमा राखिएको थिया । उनलाई रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाएको थियो।

डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *