शुक्रबार दिउँसो यी क्षेत्रमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुसँगै दक्षिणपश्चिम बंगालको खाडीमा रहेको निम्न चापिय प्रणालीको आंशिक प्रभाव परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो भने मुलुकका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यसैगरी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार राति भने प्रदेश १ मा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।