दाताले दिएको जमिनमा सरकारी अस्पताल, अर्थमन्त्रीबाट शिलान्यास

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेका छन् ।

हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार उक्त अस्पताल बन्न लागेको हो ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो ।

अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ ।

१४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका हुन् ।

२०४० सालमा उनीहरुले दश कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उनका छोराहरुले थप ४ कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नती सहज भएको हो ।

हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउने छ ।

शिलन्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने आश्वासन दिए । बजेटको सुनिश्चितता म गराउँछु, तपाईंहरुले गुणस्तरीय निर्माणमा ध्यान दिनुहोस् अर्थमन्त्री पौडेलले भने ।

उनले तिलोत्तमाकैं सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नती गराउन आफूले सक्दो पहल गर्ने बताए ।

तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकैं गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पूल, सिँचाई नहरलगायत थुप्रैं विकासे योजना अघि बढाइने बताए ।

तिलोत्तमा व्यवस्थित सहरको रुपमा अघि बढेको बताउँदै उहाँले व्यवस्थित सहर बनाउने कुनै पनि काममा विचलित नहुन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तिनैं तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गरे ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाउनु भएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताए ।

उनले बसपार्क निर्माण, सिटी कलेज सञ्चालन, सिँचाई नहर, सडक निर्माणमा समेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गरे । यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले अस्पताल निर्माणले विपन्न वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउँदै सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गराउन अर्थमन्त्री पौडेललाई आग्रह गरिन ।

कार्यक्रममा जग्गादाता मध्येका जीवन प्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रिय स्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझैं उचाईंमा पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती हुँदा ओझा परिवार गौरवान्वित भएको बताए ।

त्यसक्रममा जग्गा उपलब्ध गराउने जीवन प्रसाद ओझा, कल्याण प्रसाद ओझा र नारायण प्रसाद ओझालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय