आज देशभर देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित, २३ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

बिहिबार देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ।

आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

मन्त्रालयको अनुसार देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको छ।

पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *