कोरोनाबाट झापामा १०५ जनाको मृत्यु

झापामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षीय गणेशबहादुर कार्की र शिवसताक्षी शिवसताक्षी नगरपालिका ९ का ७२ वर्षिय देवप्रकाश लिम्बू रहेका छन्।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा कार्कीको आज मृत्यु भएको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए ।

शिवसताक्षीका लिम्बूको बिएण्डसी हस्पिटल बिर्तामोडमा गएराति मृत्यु भएको हो ।

उनलाई मंसिर ७ गते कोशी अस्पताल विराटनगरमा संक्रमण पुष्टि भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झापामा १०५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय