बिरामी बोकेको भ्यान त्रिशुलीमा खस्यो

बिरामी लिएर प्युठानबाट काठमाडौं जाँदै गरेको पिकअप भ्यान विहीबार विहानै त्रिशुली नदिमा खसेको छ ।

भ्यान त्रिशुलीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ।

शव फेला पर्नेमा गाडी चालक प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्का रहेका छन्। उनीहरुको शव गाडीभित्रै भेटिएको हो।

जमुनाकी १५ वर्षीया छोरी जिनिसा रोक्काको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। \

दुर्घटनामा घाइते भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

आज बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशुलीमा खसेको थियो।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित पृथ्वी नाग्दी खोला भन्ने स्थानबाट भ्यान बिहान करिव ५.३० बजे त्रिशुली नदिमा खसेको हो ।

भ्यानमा सवार चारजनामध्य एकजना पौडी खेलेर निस्किएका छन् । प्युठान जिल्ला निवासी बर्ष ३८ को मुकुन्द बहादुर रोक्का नदीबाट पौडी खेली बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय