आइओएमका पूर्व डिन डा. प्रसाईको निधन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर १० गते २१:५९

चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन एवं त्रिवि शिक्षण अस्पतालका संस्थापक निर्देशक डा. भीष्मराज प्रसाईको निधन भएको छ ।

डा. प्रसाईको बुधबार साँझ ७ बजे मेडिसिटी इन्टरनेशनल हस्पिटलमा निधन भएको छ ।

डा. प्रसाईको मुटुमा समस्या आएपछि गत कात्तिक २८ गते अस्पताल भर्ना गरिएको थियो ।

डा. प्रसाईको आइओएम चिकित्साशिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमीका रहेको थियो

साहित्यीक क्षेत्रमा समेत विभिन्न कृति दिएका डा. प्रसाई त्रिवि उपकूलपति र शिक्षाध्यक्षसमेत भएका थिए ।

डा.प्रसाईका श्रीमती, दुई छोरीहरू र छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय