आज १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिए

बुधबार देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।

बुधबार देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

देशभर २८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा ९ हजार २१० जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय