भक्तपुरमा कोरोनाबाट सयभन्दा बढीको मृत्यु, संक्रमित संख्या ७ हजार नाघ्यो
भक्तपुरमा कोरोना संक्रमणले सयजना भन्दा बढीको मृत्यु भइसकेका छन्।
भक्तपुर जनस्वास्थ्य कार्यलय अनुसार मगंलबारसम्म कोरोनाबाट १ सय २ जनाको मृत्यु भएको छ।
जसमा पुरुष ६६ जना र महिला ३६ जना रहेका छन् ।
भक्तपुरमा चार ओटा नगरपालिकाहरु छन्। सबै भन्दा बढी मृत्यु हुनेमा भक्तपुर नगरपालिकामा रहेको छ।
जसमा ४१ जनाको मृत्यु भएको कार्यलयले जनाएको छ।
जसमा २६ जना पुरुष र १५ जना महिला छन्।
सबै भन्दा कम मृत्यु हुने नगरपालिकामा चागुनारायण रहेो छ।
जसमा हिजो सम्म ६ जनाको मृत्यु भएको छ। ५ जना महिला र १ जना पुरुष रहेका छन्।
त्यसैगरी, मध्यपुर ठिमी नगरपालिकामा अहिले सम्म ३४ जनाको मृत्यु भएका छन्। जनस्वास्थ्य कार्यलयको अनुसार जसमा २३ जना पुरुष र ११ महिला रहेका छन्।
त्यस्तै, सुर्यविनायक नगरपालिकामा २१ जनाको मृत्यु भइसकेका छन् । जहाँ १२ जना पुरुष र ९ जना महिला रहेका छन्।
अहिलेसम्म भक्तपुर जिल्लामा सात हजार आठ सय १७ जना कोरोना संक्रमित भएका छन्।
जसमा ६ हजार सात सय ३३ जना संक्रमणमुक्त भएका छन्। बाँकी ९ सय ५२ जना संक्रिय संक्रमित रहेका छन्।