देशभर १७९० संक्रमित थपिए, थप २४ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमित संख्या २ लाख २४ हजार ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्‌कमा उल्लेख छ।

आज थपिएकासँगै देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ९१ जनाले संक्रमण जितेका छन्।

योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ४ हजार ८ सय ५८ रहेको छ।

पछिल्लो २४ घन्टामा थप २४ संक्रमितले ज्यान गुमाएका छन्।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार ३ सय ६१ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *