मिर्गौला रोगीका लागि कोरोनाको बढी जोखिम किन ?

हेल्थपोस्ट नेपाल

बदलिँदो जीवनशैली, उच्चरक्तचाप, मधुमेहजस्ता प्रमुख र अन्य विभिन्न सहायक कारणबाट मानिसको मिर्गौला बिग्रन्छ । मधुमेह भएका बिरामी, रक्तचाप घटबढ हुने बिरामीहरुको मिर्गौलाले विस्तारै काम गर्न छाड्छ ।

पिसाबमा हुने संक्रमणले पनि मिर्गौला फेस हुनसक्छ । सामान्यत धेरै नुनको सेवन, व्यायामको अभाव पनि मिर्गौलामा समस्या उपत्न हुने कारक बन्छन् ।

मिर्गौलामा समस्या र डायलाइसिस

दुबै मिर्गौलाले काम गर्न छाडेपछि कृत्रिम तरीकाले मिर्गौलाले गर्ने काम गर्ने विधि काम गर्ने विधिलाई डायलाइसिस हो । मिर्गौला फेल हुँदा शरीरमा पानी बढी हुने र फोहोर जम्मा हुन्छ । मिर्गौला पूर्ण असफल भएको अवस्थामा र अन्तिम चरणको मिर्गौला रोग र मिर्गौलामा हुने चोटका समयमा पनि बिरामीको जीवन रक्षाका लागि डाइलायसिस गर्नुपर्छ ।

मिर्गौलाको क्षमता ८०–९० प्रतिशतले घटेपछि फोहोर उत्पादनहरू र तरल पदार्थ शरीरबाट बाहिर निस्कन नसकेपछि शरीरमा विषाक्त पदार्थहरू जस्तै (क्रिएटिनिन र

अन्य नाइट्रोजन फोहोर पदार्थको रूपमा शरीरमा जम्मा हुनथाल्छ ।

जसले गर्दा वाकवाकी लाग्ने, थकान, खुट्टा सुन्निने, र सास फेर्न कठिर्नाजस्ता लक्षणहरू निम्त्याउँछन्। यिनीहरूलाई सामूहिक रूपमा यूरेमिया भनिन्छ । यस्तो समयमा, सामान्य चिकित्सा व्यवस्थापन अपर्याप्त हुन्छ र बिरामीले डायलिसिस सुरु गर्नुपर्छ ।

मिर्गौलाले पूर्ण रुपमा काम गर्न छाडिसकेपछि डायालाइसिसको सहायताले शरीर सफा गर्ने हो । तर मिगौलालाई पुरानै अवस्थामा फकाउँन वा का मगर्न सक्ने बनाउँन सकिन्न ।

डायलाइसिस मिर्गौलाको कामको विकल्प मात्रै हो । डायलिसिस दुई प्रकारको हुन्छ । आकस्मित एवम् दीर्घ डायलाइसिस । आकस्मिक डायलाइसिस चाँही कुनै दुर्घटना भएका बेला मिर्गौलामा समस्या आएर शरीरमा असर देखापरेमा गर्नुपर्छ ।

तर अकस्मात केही कारणले छोटो समयका लागि मिर्गौलामा समस्या उत्पन्न हुँदा भने छोटो अवधिको लागि डायलिसिसपछि मिर्गौलाले काम गर्न थाल्छ ।

त्यस्ता बिरामीको मिर्गौला केही दिन पछि फेरि पूर्ण रूपमा काम गर्न थालेपछि पछि ति बिरामीहरूले डायलिसिस गराउनु पर्दैन ।

क्रोनिक किड्नी डिजिज अर्थात दीर्घकालिन रुपमै मिर्गौला बिग्रिएका बिरामीको भने अवस्था हेरेर सातामा कतिपटक डाइलासिस गर्नुपर्छ भन्ने निर्धारण हुन्छ ।

डायलाइसिस गर्न थालेपछि सामान्यतया हप्तामा एकचोटि गर्नुपर्ने गर्नुपर्छ । बिरामीको अवस्था जटिल छ भने सातामा २–३ पटकसम्म पनि डायलाइसिस गर्नुपर्ने हुन्छ ।

अहिले नेपालमा एक पटक डायलाइसिस गरेको खर्च ६ देखि ८ हजारसम्म लाग्छ । निरन्तर डायलाइसिसको समयमा ३–४ हजारसम्म खर्च लाग्ने गर्छ ।

डायलाइसिसको विकल्प

एकपटक मिर्गौलाले का मगर्न छाडेपछि पुरानै अवस्थामा फकाउन सकिन्न । तर समयमै वा बिग्रन थाल्दाकै क्रममा रोग पहिचान भएमा मिर्गौलाई फेल हुनबाट जोगाउँन सकिन्छ ।

मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिसको विकल्प भनेको मिर्गौला प्रत्यारोपण नै हो । मिर्गौला बिरामीको जीवन सुरक्षा, झन्झट, खर्च र अन्य जटिलताका आधारमा मिर्गौला प्रत्यारोपण डायलासिस भन्दा धेरै उचित विकल्प हो ।

तर प्रत्यारोपणका लागि एकमुष्ट खर्च, र अंग दान गर्ने व्यक्ति खोजी निकै झन्झटिलो र कठीन छ । अहिले आर्थिक र नजिकको नाताभित्र अंग दान गर्ने मान्छेको अभावमा धेरै मिर्गौला रोगीले त्यो विकल्पमा जान सकेका छैनन र उनीहरु डायलाइसिसकै भरमा जीवन लम्ब्याउन बाध्य छन् ।

कोरोना महामारी र मिर्गौला

मिर्गौला रोग भएका बिरामीलाई कोरोना संक्रमणको संभावनाबारे कुनै पनि अध्ययान भएको छैन् । तर मिर्गौलाका बिरामीमा कोरोना संक्रमण भएमा जटिलता र मृत्युदरसमेत बढी पाइएको छ ।

अहिले स्वास्थ्य व्यक्तिहरुलाई त कोरोना लागेर सिकिस्त भइरहेको छ । झन् यो मिर्गौलाका बिरामी त अस्पतालमा भर्ना भइरहेको बिरामी जस्तै संवेदनशील हुन ।

मिर्गौलाका बिरामीमा रोग प्रतिरोधी क्षमता कम भएकोले भाइरस सर्ने जोखिमदेखि जटिलता उत्पन्न हुने संभावना बढी रहन्छ ।

त्यसमा पनि कोरोना भाइरस रोगले विशेषगरी श्वासप्रश्वासमा जटिलता उत्पन्न गराउँने भएकोले फोक्सोको साथसाथै मिर्गौलामा पनि असर पारेको पाइएको छ ।

अहिले डायलाइसिस गराराख्ने बिरामीमा भाइरसको जोखिम हुने क्षेत्र (अस्पताल डायलाइसिस सेन्टरहरुमा) गइराख्नुपर्ने भएकोले भाइरस सर्ने जोखिम पनि बढी देखिएको छ ।

त्यसबाहेक अहिले कोरोना संक्रमण भएर निको भएका बिरामीका मिर्गौलामा समेत असर देखिइरहेको छ । जसले गर्दा कोरोना महामारी पछिको समयमा पनि मिर्गौला रोगको भार बढ्ने देखिन्छ ।

मिर्गौला उपचार र विराट अस्पतालमा
पूर्वी नेपालमा अहिले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा अस्पतालमा निरन्तर रुपमा डायलाइसिस भइरहेको छ । डायलाइसिसको अभावमा मिर्गौलाका बिरामीमा तत्कालै जटिलता देखिन भएकोले पनि हामीले यो सेवालाई निरन्तरता दिइरहेका छौ ।

जसले गर्दा अहिल नियमित डायलिसिस गरिरहका केही बिरामीमा कोरोना संक्रमण भइरहेका छन् । यसले गर्दा डायलिसिस गर्नुपर्ने बिरामीले उपचारबाट बञ्चित हुन नपरोस भन्ने हेतुले अस्पताले एउटा मेसिन कोरोना संक्रमितहरुका लागि भनेर छुटाएको छ।

कोरोना संक्रमित भएका बिरामीहरुलाई त्यहाँ उपचार गर्ने गरेका छौं ।

बिराट अस्पतालमा मात्रै अहिले ११ वटा डायलाइसिस मेशिन छन् । जसमा हामीले दिनको १० देखि १५ जनासम्म डायलिसिस गराउने गरेका छौं । डाइलिसिस गराउन आएका विरामीलाई अहिलेसम्म घर फर्काउनु परेको छैन् ।

अस्पतालमा वार्डबाट ४–५ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् भने कोभिडको विरामीको लागि छुट्याएको १ वटा डायलिसिस मेसिनमा २ जना स्टाफहरु राखेर डायलिसिस सेवा दिईरहेका छौं ।

(हेल्थपोस्टकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *