काठमाडौं विश्वविद्यालयको निर्णयविरुद्ध डाक्टरहरू आन्दोलित

इन्टर्नसिप पुरा गरेर पनि एमबिबिएसको कागजात उपलब्ध नगराइएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डक्टरहरू आन्दोलित भएका छन्।

नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेका विद्यार्थीहरू काठमाडौं विश्वविद्यालयको विरुद्धमा आन्दोलित भएका हुन्।

एमबिबिएस पूरा गरेपछि नेपाल मेडिकल काउन्सिलले निर्धारण गरेको एक वर्ष इन्टर्नसिप पुरा गर्दा पनि काठमाडौं विश्वविद्यालयले थप एक महिना इन्टर्नसिप गर्नुपर्ने निर्णय गरेपछि आफूहरू आन्दोलनमा उत्रिएको उनीहरूले जनाएका छन्।

आइतबार हातमा कालो कट्टि बाँधेर मेडिकल कलेज कोहलपुरको प्राङ्गणमा भेला भएका एमबिबिएस पूरा गरेका डक्टरहरूले काठमाडौं विश्वविद्यालयले गरेको निर्णयविरुद्धमा नाराबाजीसमेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय