डा. गोविन्द केसीलाई डिस्चार्ज गर्ने तयारी

(फाइल फोटो)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य सुधार हुँदै गएको अस्पतालले जनाएको छ।

अवस्था सुधार हुँदै जान थालेपछि उनलाई सम्भवतस् बिहीबारसम्म डिस्चार्ज गर्ने तयारी भएको त्रिवि शिक्षण अस्पतालका निमित्त निर्देशक डा. सुवास आचार्यले बताए।

सुरूका दिनमा उच्च ज्वरो, श्वासप्रश्वास तथा छातीमा समस्या देखिएको थियो। ‘पहिला पूरै अक्सिजनको सहायतमा राखिएको थियो,’डा.आचार्यले हेल्थपोस्ट नेपाल भने, ‘अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अक्सिजन पनि बेला—बेलामा मात्रै दिएका छौं।’

अहिले डा।केसीलाई अक्सिजन तथा केही औषधी पनि चलाइएको छ।

उनलाई रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाएका थियो। ती औषधीले राम्रो काम गरेको थियो।

‘अहिले उहाँलाई ज्वरो छैन, खासै समस्या रहेको छैन,’ डा. आचार्यले भने, ‘एक पटक परीक्षण गरेर जानको लागि सल्लाह दिएका छौं।’

डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय