नेपालमा संक्रमणमुक्त हुने संख्या २ लाख नाघ्यो
नेपालमा २ लाख २ हजार ६७ जना संक्रमण मुक्त भएका छन्।
सोमबार ३ हजार ४३ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुने कूल संख्या २ लाख नाघेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्।
योसहित कूल संक्रमितको संख्या २ लाख २ हजार २ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।
सोमबार देशभर १९ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेको छन्।
आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ।
अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।
मन्त्रालयका अनुसार आज ६ सय २९ जना क्वारेन्टाइनमा रहेका छन्।