पछिल्लो २४ घन्टामा १ हजार ९८० जना संक्रमित थपिए
सोमबार देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।
आज देशभर १९ हजार ८ सय ८४ जना सक्रिय संक्रमित रहेको छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।
मन्त्रालयका अनुसार आज ६ सय २९ जना क्वारेन्टाइनमा रहेका छन्।