स्वास्थ्य मन्त्रालयले समायोजन भएर रमना नलिएका स्वास्थ्यकर्मीको लागि गर्यो यस्तो ५ बुँदे निर्णय

सरकारले प्रदेश तथा स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्य सेवाका कर्मचारीलाई हाल कार्यरत कार्यलयमै कामकाजमा खटाउन समयावधि थप गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भइ रमना लिन बाँकी रहेको स्वास्थ्य कर्मचारीलाई कोभिड अवधिभर जो जहाँ छन् त्यही काम लगाउनु, तलब पनि त्यहीबाट खुवाउने भन्ने निर्देशन दिएको छ।

कोभिड–१९ को महामारी सुरु भएपछि कात्तिक मसान्तसम्म रमना नलिएका स्वास्थ्यकर्मीहरुलाई साबिककै तह तथा कार्यालयमा काम गराउने निर्णय गरेको थियो। सो समअवधि थप गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले २८ कात्तिकमा सचिव स्तरीय निर्णय गर्दै कोभिड अवधिभर रमना नदिई काम लगाउन सातै प्रदेश र सबै स्थानीय तहलाई पत्रचार गरेको छ। सो निर्णय सँगै अस्पतालमा कार्यरत अन्यत्र समायोजन भएका स्वास्थ्यकर्मीलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालमा कामकाज लगाइ तलब भुक्तानी गर्न भनिएको छ ।

त्यस्तै यस अघि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि कामकाजमा खटिएका कर्मचारीलाई पनि तलब भुक्तानी गर्ने सचिव स्तरीय निर्णय भएको मन्त्रालयले पत्रचार मार्फत जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय