विदेशबाट आउँदा १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइन बस्नुपर्ने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर ७ गते १७:११

विदेशबाट नेपाल भित्रने सबैजना १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हवाई र स्थल दुबै माध्यमबाट नेपाल आउनेलाई क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको बताए।

विदेशबाट आउने सबैको हकमा यसअघिका परीक्षण र क्वारेन्टिनका सम्बन्धमा भएका सबै प्रावधान खारेज भएको भन्दै अब अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्न व्यवस्था मिलाउन केन्द्रलाई पत्राचार गर्ने निर्णय भएको डा. गौतमले बताए।

उहाँका अनुसार १४ दिन क्वारेन्टिनमा बस्दा लक्षण देखिएमा पीसीआर परीक्षण गराउनुपर्ने छ ।

त्यसैगरी, मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको छ । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।

गौतमले इनकन्क्लुसिभ रिपोर्ट (नेगेटिभ वा पोजेटिभ यकिन नभएको) आएमा पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिएको बताए।

यस्तै विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गर्ने निर्णय पनि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय