कोरोना टेष्ट गर्न सरकारी परिचयपत्र अनिवार्य

कोरोना भाइरसको परीक्षण गर्ने अब सरकारी परिचय पत्र अनिवाय चाहिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले इनकन्क्लुसिभ रिपोर्ट (नेगेटिभ वा पोजेटिभ यकिन नभएको) आएमा पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिएको बताए।

यस्तै विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय