नेपालमा ९० प्रतिशतले कोरोना जिते

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर ७ गते १६:३८

नेपालमा ९०.३ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। आइतबार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्। आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय