राजेन्द्र खड्गीको एचआइभी एड्स पोजेटिभ आएको भन्ने समाचार झुठो हो — नर्भिक अस्पताल

वरिष्ठ कलाकार राजेन्द्र खड्गीको नर्भिक अस्पतालमा परीक्षण गर्दा एचआइभी एड्स पोजेटिभ आएको भन्दै भाम्रक समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम प्रति अस्पतालले गम्भिर आपति रहेको जनाएको छ।

केहि दिन अगाडी खड्गीको केहि सञ्चार माध्यमले नर्भिकमा पोजेटिभ र अन्य ल्याबमा परीक्षण गर्दा नेगेटिभ आएको भन्दै समचार सम्प्रेषण गरेका थिए।
अस्पतालले खड्गीले विगत ४ वर्षदेखि प्याथोलोजी टेष्ट नगराएको जनाएको छ।

‘विगत ४ वर्षदेखि निज राजेन्द्र खड्गीले यस हस्पिटलमा कुनेपनि प्याथोलोजी टेष्ट गराउनुभएको छैन,’ अस्पताल द्दारा निकालिएको विज्ञप्तीमा भनिएको छ, ‘उहाँको हवाला दिँदै एचआइभी एड्स समाचार सरासर झुठो भएको सबैमा जानकारी गराइन्छ।’

अस्पतालले यस्तो किसिमको कुनै पनि समाचार सम्प्रेषण गर्दा वास्तविकता अगाल्नहुन अनुरोध गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय