वीरले भन्यो : कर्मचारीको आन्दोलनप्रति संवेदनशील छौँ

कर्मचारीहरुको मागप्रति अस्पताल प्रशासन ‘गम्भीर’ र ‘संवेदनशील’ भएको वीर अस्पतालले जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले कर्मचारी संगठनका विभिन्न मागप्रति अस्पताल प्रशासन अत्यन्त संवेदनशील भएको जनाएको हो।

अस्पतालका कर्मचारी संगठनहरूले पहिलादेखि नै पाउँदै आएकोे सेवा विस्तार भत्ता, औषधी खर्च लगायतका सुविधाहरु उपलव्ध गराउनुपर्ने लगायतका विभिन माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आएका छन्।

कर्मचारीका माग र उनीहरूले गरिरहेका आन्दोलनका बारेमा अस्पताल प्रशासन जानकार रहेको र माग सम्बोधन गर्नेबारेमा पनि हरसम्भव प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारीहरूले पहिलादेखि नै सेवा विस्तार भत्ता, चाडपर्व खर्च, औषधी खर्च, जोखिम भत्ता, रात्रीकालिन भत्ता पाउँदै आएका थिए।

तर, अहिले सबै आन्तरिक सेवासुविधाहरू रोकिएका छन्। अस्पतालले महामारी संकटका कारण आन्तरिक स्रोत अभाव भएर भत्ता दिन नसकेको जनाएको छ। गत साउनदेखि उनीहरूले भत्ता पाउन सकेका छैनन्।

‘भविष्यमा श्रोत साधनको सुनिश्चितता भएका बखत अतिरिक्त भता लगायतका सुविधाहरु उपलव्ध गराउन सकिने सकिने व्यहोरा पनि जानकारी गराउँदछौँँ’ अस्पतालले भनेको छ ‘साथै कर्मचारीको माग सम्वोधनका लागि प्रतिष्ठानका पदाधिकारीहरूबाट सकारात्मक पहलकदमी भइरहेको छ।’

पछिल्लो पटक आन्दोलनरत कर्मचारीले न्याम्सका पदाधिकारीलाइ अस्पताल प्रवेशमा रोक लगाएका छन्। मङ्सिर १२ गतेसम्म न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाइने घोषणा कर्मचारीहरूले घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय