सरकारले हटाउन लागेको भन्दै भक्तपुर क्यान्सर अस्पतालका सबै कर्मचारी आन्दोलनमा

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी आइतबारदेखि फेरि आन्दोलनमा उत्रिएका छन्।

सामुदायिक स्तरमा चलिरहेको यो अस्पताललाई अब सरकारीकरण भएको छ।

सरकारीकरण भएपछि अब त्यहाँ सरकारले आफ्नै प्रक्रियाबाट स्थायी कर्मचारी नियुक्त गर्नेछ।

अहिले कार्यरत कर्मचारी आफूहरूलाई हटाउने संकेत पाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले विगत २२ वर्ष देखि क्रियाशिल रहेका दुई सय ८० जना स्थायी तथा अस्थायी कर्मचारी छन्।

‘दुई सय ८० जना कर्मचारीमध्ये धेरै कर्मचारी नै छन्। सरकारले सबै कर्मचारीलाई निकालेर नयाँ कर्मचारी नियुक्त गर्ने सूचना पाएका छाैं,’ धुख्वाले भने, ‘यत्रो वर्ष काम गरेको यही पाउनलाई हो ररु पुराना कर्मचारीलाई निकालेर नयाँ कर्मचारी राख्न दिदैनौँ।’

गत कार्तिक २४ गते बसेको मन्त्रीपरिसद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको छ। हाल नेपाल अर्बुद्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन रहेको छ।

अस्पतालका प्रशासक राजाराम तजलेले अस्पताल सञ्चालनका लागि बनाएको कार्यविधिमा सबै कर्मचारीलाई करारमा राख्न सकिने भनि उल्लेख गरेको पाएपछि सो अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएको बताए।

आन्दोलित कर्मचारीले अस्पतालका इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा गरेका छन्।

अस्पतालमा ५५ जना चिकित्सक, ९८ जना नर्स र ६३ कर्मचारी गरी २१५ स्थायी कर्मचारी रहेका छन्। त्यसैगरी, अन्य ६४ अस्थायी सहित दुई सय ८० जना कर्मचारीहरु क्रियाशिल रहेका थिए।

कार्यरत चिकित्सक कर्मचारी आन्दोलनमा उत्रिएपछि मन्त्रालयसँग बार्ता गर्न एक टोली स्वास्थ्य मन्त्रालय पुगेको तजलेले बताए।

One thought on “सरकारले हटाउन लागेको भन्दै भक्तपुर क्यान्सर अस्पतालका सबै कर्मचारी आन्दोलनमा

  1. यो अरु केहि होइन राजनीतिक हस्तक्षेपको परिमाण हो। हिजो आफुलाई अस्थायी बाट स्थायी पाउने प्रलोहनमा राजनीतिक हस्तक्षेपको वा वा गर्ने केहि कर्मचारीहरुले गर्दा यो आबस्थ आएको हो। अब स्थानीय सरकार अन्तर्गत आफ्ना कार्यकर्ताहरु बाहेक सबैलाई बिस्तारै निकालिन्दै गइन् छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय