स्वास्थ्यकर्मी युनियनका सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय सह—सचिव गौरीशंकर देवको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि देवलाई १७ दिन अघि बिराटनगरस्थित नोवेल अस्पताल पुर्याइएको थियो।

उपचारको क्रममा शनिबार राती १० बजे मृत्यु भएको युनियनका अध्यक्ष उज्वलकुमार शर्माले बताए।

शर्माका अनुसार देवलाई केही दिन आइसियुमा राखिएको थियो।

‘उहाँलाई केही दिन आइसियुमा राखिएको। स्वास्थ्य गम्भीर भएपछि भेन्टिलेटरमा सारियो,’ शर्माले भने, ‘केहि दिन अघि मात्र उहाँलाई पुन आइसियुसमा सारिएको थियो।’

सप्तरीको राजविराज घर भएका ५४ बर्षीय देव पछिल्लो समय सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत थिए ।

जनस्वास्थ्य अधिकृत उनले सरकारी स्वास्थ्य सेवामा ३० बर्ष सेवा गरिसकेका थिए ।

देवको निधनले स्वास्थ्य क्षेत्रका एक अनुभवी हस्ति गुमाएको भन्दै शर्माले दुख व्यक्त गरे ।

‘उहाँ एक कुशल नेतृत्वकर्ता, निडर, र शसक्त ट्रेड युनियनकर्मी हुनुका साथै ईमान्दार, बफादार,कर्तब्यनिष्ठ राष्ट्र सेवक हुनुहुन्थ्यो,’ शर्माले भने, ‘ वाक कला, लेखन कला, लगायत दैनिक प्राबिधिक तथा प्रशासनिक क्षेत्रमा कार्य कौशलता राख्ने गौरीशंकर देवको निधनले समग्र स्वास्थ्य सेवा र ट्रेड युनियनलाई अपूर्णनीय क्षति पुगेको छ।’

देवको परिवारमा बाबु आमा श्रीमती, छोरा छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय