बहुअपांगता भएकी छोरीमाथि कसको लाग्यो कु-दृष्टि?

कसले पत्याउँछ जन्मदै बहुअपांग भएर जन्मिएकी १६ वर्षीय किशोरीकाे पेटमा अहिले सात महिनाकाे गर्भ छ भनेर?

तर, झापा बाह्रदशीमा यस्तै एक घटना भएको छ। प्रष्ट बोल्न, सुन्न, हिँड्न, आफैं खाना खान र शौच गर्न जानसमेत नसक्ने अवस्थाकी उनको पेटमा सात महिनाको गर्भ छ।

‘जेठी छोरीको बिहे भइसक्यो। घरमा ११ वर्षको छोरो छ’, किशोरीका बुवाले भने, ‘छोरीको शरीरमा अस्वभाविक परिवर्तन आएपछि दाजुभाउजुलाई सुनाएँ।’

उनले अगाडि भने, ‘सुरुमा मैले भाउजुलाई सुनाएँ। भाउजुले  अनुमान पेट पनि बढेको छ। स्तनको आकार पनि अस्वभाविक छ। नानीको स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्नुभयो। त्यसपछि पिसाब जाँच्दा छोरीको पेटमा गर्भ रहेको थाहा भयो।’

‘महिनावारी हुँदा म आफैं सरसफाई गर्थेें। खाना आफैं खुवाउँथे, शौचालय आफैं लैजान्थें। यसकी आमा दुई वर्षदेखि कुवेतमा छ। ११ वर्षको छोरालाई घरमा छोडेर मजदुरी गर्न जान्थें। कसले यस्तो कुकर्म ग¥यो कसरी जान्नु?’, उनले दुःख पोख्दै भने।

‘गर्भबाहेक अन्य कुनै कारणले महिनावारी रोकिएको होला भनेर अनुमान गरें’, उनले अगाडि थपे, ‘मैले सुनेको थिएँ हर्मोनको गडबडीले पनि महिनावारी तलमाथि हुन्छ भनेर। म त्यसैमा ढुक्क थिएँ। तर, नसोचेको घटना भयो।’

छोरीलाई  कसले बलात्कार गर्‍याे भन्ने उनलाई थाहा छैन। ‘घरमा कोही नभएको मौका छोपेर दिउँसो बलात्कार गरेको हुनुपर्छ। छोरी चल्न, छटपटाउन मात्र सक्छे। प्रतिकार गर्न सक्दिनँ’, उनले भने ‘आपत् आइलाग्यो अब के गर्ने?’

स्थानीय विष्णुमाया प्रसाईंले ति युवतीलाई गाउँका सबै केटा देखाई सकेको बताइन्। परिवारका सदस्यलाई पनि देखाएर सोध्दा युवतीले होइन भन्ने इसारा गर्ने गरेको उनले बताइन्।

घटनाको प्रहरी र छिमेकीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छन्। प्रहरी चौकी फुलबारीका प्रहरी सहायक निरीक्षक टंक खत्रीले भने, ‘हामीले पीडितको इसाराका कुरा बुझेर अनुसन्धान गरिरएका छौं। केही दिनमा परिणाम आउँला।’

किशोरी र उनको गर्भमा रहेको बच्चाको पालनपोषण सुस्त मनस्थिति सरोकार समाज नेपालले गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय