८ हजार १४४ नुमना परीक्षण गर्दा १ हजार ६७४ जनामा कोरोना संक्रमण

शनिबार देशबार थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका प्रयोगशालामा गरिएको ८ हजार १४४ नुमना परीक्षण गर्दा सो संख्या संक्रमण पुष्टि भएको हो।

आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । त्यसमाध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ।

मन्त्रालयको अनुसार शुक्रबार देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । आज ७ सय ५७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय