स्वास्थ्यकर्मीले दिएको गलत औषधीले गर्भवतीको मृत्यु , आम्दा अस्पतालमा तनाव

हेल्थपाेस्ट/झापा
प्रकाशित
२०७७ मंसिर ६ गते १३:४९

स्वास्थ्यकर्मीले गलत औषधी दिँदा गर्भवती महिलाको मृत्यु भएको आरोप परिवारले लगाएपछि झापाको दमकस्थित आम्दा अस्पतालमा तनाव भएको छ।

मोरङ पथरी शनिश्चरे–१ की ३४ वर्षीया मनिता नेपालीको अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको थियो। मनिताले टाउको दुख्यो भनेपछि उनलाई श्रीमान प्रकाश शंकरले आम्दा अस्पतालको आकस्मिक कक्षमा शुक्रबार साँझ साढे सात बजे भर्ना गरेका थिए।

आकस्मिक कक्षका चिकित्सकले औषधी लेखिदिएपछि प्रकाश बाहिर लिन जान खोज्दा नर्सले रोेकेर अस्पतालमै भएको औषधी चलाएकी थिइन्। औषधी चलाएको १० मिनेटमै विरामीको मृत्यु भएको थियो।

घटनापछि गलत औषधीले मनिताको मृत्यु भएको भन्दै परिवारले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।

यस विषयमा अस्पताल प्रशासन र मृतक परिवार बीच छलफल भइरहेको छ। अस्पताल प्रशासनले भने यस विषयका केही बताएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय