फाइजरले माग्यो कोरोना खोप प्रयोग अनुमति

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर ५ गते १९:२४

फाइजर/बायोएनटेक कम्पनीले अमेरिकी खाद्य तथा औषधी प्रशासनसँग आपतकालीन खोप प्रयोगका लागि अनुमति मागेको छ। शुक्रबार एक निवेदन दर्ता गर्दै कम्पनीले खोप प्रयोगका लागि अनुमति मागेको हो।

यसरी आम प्रयोगका लागि आधिकारिक अनुमति माग गर्ने यो पहिलो भ्याक्सिन भएको छ।

दुई साताअघि बायोटेकले आफूले बनाएको खोप कोरोना भाइरसविरुद्ध ९० प्रतिशत प्रभावकारी भएको घोषणा गरेको थियो।

अन्तिम चरणको यो परीक्षण सफल भएपछि अब एफडिएको अनुमतिसँगै आम नागरिकलाई पनि खोप प्रयोगका लागि कानुनी बाटे सहज हुनेछ।

कम्पनीले खोप प्रयोगका लागि निवेदन दर्ता गराएको जानकारी दिँदै विज्ञप्तिमा संक्रमणको जोखिममा रहेका अमेरिकी नागरिकका लागि सम्भवत: मध्य डिसेम्बरबाट खोप लगाउन सुरु गरिने जनाएको छ।

यो खोपलाई ‘बिएनटी१६२बी२ (BNT162b2)’ नाम दिइएको छ।

यो खोपलाई गत जुलाईमा ४३ हजार मानिसमा अन्तिम परीक्षण गरिएको थियो।

कम्पनीले १२ देखि १५ वर्षसम्मका करिब १०० जना बालबालिकामा पनि खोप परीक्षण गरिएको र त्यसको प्रभावकारिताको सबै विश्लेषणहरू पनि निवेदनसँगै एफडिएमा बुझाइएको पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय