बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा दुईजना कोरोना संक्रमित मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका पुरुष र गुल्मीको रेसुगा नगरपालिका पुरुषको ४ मिनेटको अन्तरमा मृत्यु भएको अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो भने त्यसको ४ मिनेटपछि १२ बजेर ५० मिनेट जादाँ गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

तिलोत्तममा नगरपालिका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अस्पतालमा सुचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनलाई ज्वरो आउने, दम, मधुमेह रोग समेत रहेका थिए। यस्तै गुल्मीका पुरुषको कार्तिक २८ गते कोरोना पोजेटिभ भएको थियो।

दुवैजनाको उपचारको क्रममा मृत्यु भएको डा. गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय