बाँकेमा ८१ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा बिहिबारसम्म ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जसमध्ये, ३७ जना बाँकेका रहेका छन् भने ४४ जना बाहिरी जिल्ला रहेका छन्।

जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्ला भित्रका १४ महिला र २३ पुरुष गरी ३७ र अन्य जिल्लाका ९ महिला र ३५ पुरुष गरी ४४ संक्रमितको मृत्यु भएको छ।

बाँके जिल्लाका ३७ जनामध्ये, भेरी अस्पताल नेपालगन्जमा १९ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १६ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने, नरैनापुर क्वारेन्टाइनमा एकजना र होम आइसोलेसनमा एकजनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।

त्यसैगरी अन्य जिल्लाका ४४ मध्ये, भेरी अस्पतालमा १७, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २६ र वेस्टर्न अस्पताल नेपालगन्जमा एकजनाको उपचारको क्रममा मृत्यु भइसकेको छ।
कुन जिल्लाका कति ?
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, बाहिरी जिल्लाबाट उपचार गराउने मृत्यु हुनेको संख्या सबैभन्दा धेरै दाङको रहेको छ।

दाङका ३ महिला र १५ पुरुष गरी १८ जना, बर्दियाका ८ जना पुरुष, कैलालीका २ महिला र २ पुरुष गरी ४ जना, कंचनपुरका १ महिला र ३ पुरुष गरी ४ जना, सुर्खेतका २ महिला र १ पुरुष गरी ३ जना, दैलेखका १ महिला र १ पुरुष गरी २ जना, अर्घाखाँचीका १ जना पुरुष, रुकुम पश्चिमका १ जना पुरुष, अछामका २ जना पुरुष र रोल्पाका १ पुरुष गरी ४४ जना रहेका छन ।

त्यसैगरी बाँके जिल्ला भित्र सबै भन्दा धेरै मृत्यु हुनेको संख्या नेपालगन्ज उपमहानगरपालिकाको रहेको छ ।

नेपालगन्जका ९ महिला र १५ पुरुष गरी २४ जना, कोहलपुरका ४ पुरुष र ३ महिला गरी ७ जना, खजुराका २ जना पुरुष, बैजनाथका १ महिला, राप्तिसोनारीका १ पुरुष, जानकीका १ पुरुष, नरैनापुरका १ पुरुष गरी ३७ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय