देशभर थपिए १ हजार ९४५ जना कोरोना संक्रमित, ५ हजार ३६४ जना संक्रमण मुक्त
पछिल्लो २४ घन्टामा देशभर १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार देशभर २४ हजार ६ सय ६५ जना संक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार ७५३ जना क्वारेन्टाइनमा रहेका छन्।
शुक्रबार ५ हजार ३ सय ६४ जना संक्रमण मुक्त छन्। आज डिस्चार्ज भएकासँगै नेपालमा १ लाख ९१ हजार २ जना संक्रमण मुक्त भइसकेका छन्।
नेपालमा संक्रमण मुक्त हुने प्रतिशत ८५ रहेको छ। आज कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल सम्म १ हजार २ सय ९८ जनाको संक्रमितको मृत्यु भइसकेको छ।