कोरोना संक्रमितमा रेमडिसिभिर प्रयोग नगर्न डब्लुएचओको सुझाव

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण भएका विरामीहरुमा एन्टीभाइरल ड्रग रेमडिसिभिरको प्रयोग नगर्र्न फेरि सुझाव दिएको छ।

विरामी सिकिस्त भएपनि रेमडिसिभिरले कम गर्ने कुनै प्रमाण नभएकोले प्रयोग नगर्न विज्ञहरूको प्यानलले सुझाव दिएको हो। यसअघि पनि संगठनले पटकपटकक यो औषधी प्रयोग नगर्ने सुझाव दिइसकेको छ।

तर, धेरै अध्ययनहरूले भने रेमडिसिभिरले कोरोना उपचारमा राम्रो प्रभाव देखाइरहेका छन्। अहिले नेपाललगायत विश्वका कैयौँ देशमा कोरोना संक्रमितलाई यो औषधी चलाइएको छ।

तर, डब्ल्यूएचओले जारी गरेको विज्ञप्तीमा कोरोना संक्रमण भएको व्यक्तिहरूमा कुनै सकरात्मक परिवर्तन नभएको बताएको छ।

संक्रमितहरुमा यसले न त मृत्यु दर नै कम गरेको छ न त विरामीलाई भेन्टिलेटरको आवश्यकतालाई कम गरेको छ। उसले विरामीको स्वास्थ्यमा सुधार नआएको पनि बताएको छ।

गत अक्टोबर महिनामा डब्लुएचओले रेमडेसिभरको प्रयोग गरी ग्लोबल सोलिडारिटि ट्रायल गरेको थियो जसले विरामीहरुको अस्पताल बसाई र बाँच्ने सम्भावनामा एन्टीभाइरलको थोरै देखि केही पनि असर नभएको निश्कर्ष निकालेको थियो।

रेमडिसिभिर, युएस फार्माक्युटिकल कम्पनी गिलिड साइन्सेस फर द ट्रिटमेन्ट अफ इवोलाले बनाएको हो।

सबै डाक्टरहरुले कोरोना संक्रमणको उपचारका लागि उपाय खोज्ने क्रममा यो औषधीले चर्चा पाएको हो।

मे महिनाको १ गतेका दिन अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले आपतकालीन प्रयोग गर्नका लागि अनुमति दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि संक्रमण हुँदा यसको प्रयोग गरेका थिए।

तर रेमडिसिभिरले केही पनि सुधार नगर्ने भने होइन।

प्यानलका अनुसार यसले विरामीको नतिजामा केही सुधार पनि ल्याएको छ।

यससँगै, वैकल्पिक औषधी पनि प्रयोगमा ल्याइएको छ।

रेमडिसिभिरको विकल्पका रुपमा स्टेरोइड डेक्सामेथमसोन प्रयोग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय