सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि ५ उद्योगका उत्पादनमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका ५ ह्यान्ड सेनिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सुनसरीका २, विराटनगरका २ र ललितपुरका १ गरी ६ वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल मिसाएको पाइएको हो।

मेथानोल मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले यी ६ वटा उद्योगको ह्याण्ड स्यानिटाइटर बिक्रीवितरणमा रोक लगाएको छ। तोकिएको मापदण्ड विपरीत विषाक्त रसायसन मिसाइको पाइएकाले तत्काल बिक्री वितरण रोक्न विभागले निर्देशन दिएको छ।

सीता हर्बल प्रोडक्ट नर्सिङ सुनसरी नेपालको क्लिनिक ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजर ५० एमएल र ५ सय एमएल, मकालु जडिबुटी प्रो. प्राइभेट लिमिटेड लक्ष्मी सडा धरान सुनसरीको सेफ ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजरमा मेथानोल पाइएको विभागले जनाएको छ।

यस्तै, सुनिमा आयुर्वेद कम्पनी प्राइभेट लिमिटेड विराटनगरको सुनिमा ह्याण्ड सेनिटाइजर, एमके हर्ब इन्डस्ट्री ललितपुरको भिउज ह्याण्ड सेनिटाइजर र ग्यालक्सी डेन्टल एण्ड सर्जिकल प्रा.लि विराटनगर मोरङको ह्याण्ड सेनिटाइजरमा मेथानोल पाइएको हो।

मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ। यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पुर्‍याउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय