देशभर २१०३ संक्रमित थपिए, थप १७ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहिबार देशभर २८ हजार १ सय ६ जना संक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७६७ जना क्वारेन्टाइनमा रहेका छन्।
बिहिबार २ हजार ८ सय ५८ जना संक्रमण मुक्त छन्। आज डिस्चार्ज भएकासँगै नेपालमा १ लाख ८५ हजार ६ सय ३८ संक्रमण मुक्त भइसकेका छन्।
नेपालमा संक्रमण मुक्त हुने प्रतिशत ८५ रहेको छ। आज कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।