कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु
कोरोना संक्रमणबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाका एक नेताको निधन भएको छ।
धनुषाधाम नगरपालिका–६ हरिपुर बस्ने नेकपा नेता बन्देबहादुर मोक्तानको बिहिबार उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।
कोरोना संक्रमण भइ उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना भएको मोक्तानको बिहिबार ११ बजे निधन भएको नेकपाका जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन्।
मोक्तान तत्कालीन एमालेबाट धनुषाधाम नगरपालिका-६ को वडाध्यक्षमा समेत निर्वाचित भएका थिए।
मोक्तानको निधनप्रति नेकपा धनुषाले समवेदना प्रकट गरेको छ।