स्वास्थ्यकर्मीको मागमा चासो नदेखाएको भन्दै न्याम्सका पदाधिकारीलाई वीर अस्पताल प्रवेशमा रोक

वीर अस्पतालका कर्मचारीले न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन्।

आजदेखि मङ्सिर १२ गतेसम्म न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाइने भएको उनीहरूले बताएका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले आजबाट वीर अस्पतालमामा न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेश निषेधको कार्यक्रम सुरु गरेको बताए।

माग सम्बोधन नभए पदाधिकारी कार्यकक्षमा तालबन्दी गर्ने आचार्यको चेतावनी छ।

‘स्वास्थ्यकर्मीको माग पुरा नभएसम्म न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेश गर्न दिने छैनौं’, उनले भने।

कर्मचारीहरुले आज अस्पतालको दुवै गेटमा पदाधिकारी प्रवेश निषेधको ब्यानरसमेत टाँसेका छन्।

अस्पतालमा दुई घन्टा पदाधिकारी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयविरुद्ध नाराबाजी गरिएको आचार्यले जानकारी दिए।

साथै उनले स्वास्थ्यका १६ वटा राष्ट्रिय ट्रेड युनियन तथा पेशागत संघ र संगठनद्वारा वीर स्वास्थ्यकर्मी आन्दोलनमा एकवद्धतासमेत व्यक्त गरेको बताए ।

जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता लगायत पाउनुपर्ने मागसहित वीर अस्पतालका कर्मचारीहरू कार्तिक ३ गतेदेखि आन्दोलनमा छन्।

One thought on “स्वास्थ्यकर्मीको मागमा चासो नदेखाएको भन्दै न्याम्सका पदाधिकारीलाई वीर अस्पताल प्रवेशमा रोक

  1. अचम्म को देश
    औसधि उपचार खर्च औसधि खरिद खर्च गरि सबै कर्मचारि हरु दोहोरो सुबिधा भोग गर्छन्, बीर अस्पताल मा । यहा सबै इन्वेस्टिगेसन र उपचार कर्मचारिको मात्र होइन परिवार को पनि लिने गर्छन् अनि हड्ताल पनि। सन्सार को कुनै पनि कुना मा यस्तो सुबिधा छैन। सबै स्थाइ कर्मचारिहरुले ६ घन्टा काम गरेर प्रतेक महिना ५० % बढि तलब न्याम्स मा मात्र पाइन्छ। अस्थाइ कर्मचारि भने आधा तलब मा काम गर्नु पर्छ। १ दिन् मात्र हाजिर भए पनि १ महिनाको कोरोना जोखिम भत्ता को माग सन्सार को एउटै अस्पताल बीर अस्पताल का कर्मचारि ले मात्र गर्छन् । त्यसैले समाचार पनि बुझेर लेखिनु पर्छ। यहि कारण्ले प्रतेक बर्श महालेखा परिक्षकको कार्यलयले बार्षिक १० करोड्बेरुजु देखाउछ जुन हाल सम्म अरौबौ को भै सक्यो पतृकाले यता पनि ध्यान दिने हो कि? अस्थाइ कर्मचारि माथिको बिबेध बन्द होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय