कोरोना उपचार निशुल्क नगरे अस्पताललाई कारबाही गरिने सरकारको चेतावनी

कोरोनाको उपचार तथा परीक्षण निशुल्क नगरे सरकारी अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ।

बुधबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले सूचीकृत कोरोना अस्पतालले निशुल्क उपचार गर्नुपर्ने र सो अनुसार नगरे कारबाही गरिने स्पष्ट पारेको हो।

कोरोनाको लक्षण भएकाहरूको उपचार निशुल्क गर्ने र बिमा गराएकाहरूका हकमा भने बिमा रकमबाट काटिने गरी व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय