भरतपुर अस्पतालका मेसु पाण्डेद्वारा राजीनामा

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेण्ट डा. राजन पाण्डेले राजीनामा दिएका छन्।

अस्पतालमा मेसुको रुपमा आएको दुई महिनामै पाण्डेले राजीनामा दिएका हुन्।

चिकित्सक जस्तो मान्छेले अस्पतालको व्यवस्थापन पक्ष समालेर काम गर्न रमाइलो नलागेकाले स्वास्थ्य विभागमा राजीनामा पत्र बुझाएको उनले बताए। तर, उनको राजीनामा स्वीकृत भैसकेको छैन।

पाण्डे भदौको २८ गते भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको रुपमा हाजिर भएका थिए। उनले छोटो अवधिमा साँघुरो रहेको आकस्मिक कक्ष निर्माणको कामलाई अगाडी बढाएका थिए।

आफ्नो पालामा लामो समय रोकिएका खरिद प्रक्रिया र पिसिआर परीक्षणलाई व्यवस्थित बनाउँदै लगेको उनले बताए।

राजीनामा दिएपछि डा. पाण्डे भोलिदेखि बिदामा बस्दै छन्। उनले निमिक्त मेसुको जिम्मा डा। जगन्नाथ तिवारीलाई दिएका छन्।

अस्पताल भित्रको राजनीति र खिचातानीका कारण राजीनामा दिएको बुझिएको छ। तर, यस विषयमा पाण्डेले केही बोल्न चाहेनन्।

भरतपुर अस्पतालमा राजनीतिको कारण पटक—पटक मेसु फेरिने गरेका छन्। उनी अस्पतालका ४१औं मेसुका हुन्। यसअघि श्रीराम तिवारीको १४ महिना काम गरेर केन्द्रीय कारागार अस्पतालमा सरुवा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय