कोरोना खोप ल्याउन अध्यादेश जारी
कोरोनाविरुद्धको खोप उपलब्धता सहज बनाउन लगायतका व्यवस्था गर्न मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी भएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।