पछिल्लो २४ घन्टामा संक्रमणबाट १२ जनाको मृत्यु

पछिल्लो २४ घन्टा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या १ हजार २ सय ५९ पुगेको छ।

बुधबार देशभर १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६ हजार ७ सय ३१ जनामा गरिएको पिसिआर परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज काठमाडौं उपत्यकामा थप १ हजार ३८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय २२, भक्तपुरमा ४८ र ललितपुरमा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार देशभर २८ हजार ८ सय ७८ जना संक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार ९१० जना क्वारेन्टाइनमा रहेका छन्।

बुधबार ३ हजार ५ सय ३८ जना संक्रमण मुक्त भएको डा. गौतमले बताए। आज डिस्चार्ज भएकासँगै नेपालमा १ लाख २ हजार ७० संक्रमण मुक्त भइसकेका छन्।

नेपालमा संक्रमण मुक्त हुने प्रतिशत ८५. ८ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय