‘सेल्फ टेस्ट किट’ले पायो अनुमति : घरमै परीक्षण गरेर ३० मिनेटमा नतिजा

अब कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने बाध्यता केही कम हुनेछ।

अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए) ले एउटा त्यस्तो परीक्षण किटलाई मान्यता दिएको छ, जसबाट आफ्नो परीक्षण आफैं गर्न सकिन्छ। र, त्यसको नतिजा ३० मिनेटमै थाहा हुन्छ।

एउटा किटबाट एकजनाको मात्रै परीक्षण गर्न सकिन्छ। ल्युसिरा हेल्थ कम्पनीले उत्पादन गरेको यो किटलाई मंगलबार एफडिएले आम प्रयोगका लागि मान्यता दिएको हो।

यो घरासयी परीक्षण प्रयोगका लागि निकै लाभकारी किट हो। यसबाट आफैं नाकबाट स्वाबको नमुना लिन सकिन्छ। १४ वर्षभन्दा माथिका उमेरकाले यो किटबाट निश्चिन्त भएर परीक्षण गर्न सक्नेछन्।

‘यो पहिलो टेस्ट किट हुनेछ जसबाट घरमै हामी आफैंले आफ्नो स्वाब परीक्षण गर्नसक्छौं र तुरुन्तै नतिजा थाहा पाउन सक्छौं’ एफडिएका एक अधिकारी स्टेफन हाह्नले भने।

यो किट स्वास्थ्य संस्थाहरूमा पनि प्रयोग गर्न सकिने बताइएको छ।

‘हामीले सेवाप्रदायकसँग मिलेर अझैं सक्रिय भएर काम गरिरहेका छौ’, एफडिएका एक विभागीय निर्देशक जेफ शरेनले भने, ‘सकेसम्म घरमै परीक्षणका लागि अझ धेरै सहज होस् भनेर हामी लागिपरेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय