नर्सिङ संघकी कोषाध्यक्ष श्रेष्ठलाई कोरोना, अक्सिजन दिएर उपचार हुँदै

नेपाल नर्सिङ संघकी कोषाध्यक्ष कल्पना श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा श्रेष्ठमा संक्रमण पुष्टि भएको हो।

उनीलाई एक हप्ता अगाडी कोरोना पुष्टि भएको हो।

स्वास्थ्यमा विभिन्न समस्या थपिँदै गएपछि उनी ५ दिनअघि वीर अस्पतालमा भर्ना भएकी थिइन्।

३ दिन आइसियूको बसाईपछि हाल वार्डमा उपचार भइरहेको श्रेष्ठले हेल्थपोस्टलाई बताएकी छन्।

‘३ दिन आइसियूमा उपचार भयो। आजदेखि वार्डमा अक्सिजन दिएर राखिएको छ,’ श्रेष्ठले भनिन्, ‘अहिले स्वास्थ्य अवस्था ठिक हुँदै गएको छ।’

उनका अनुसार ज्वरो, टाउको दुख्ने समस्या बिस्तारै ठिक हुँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय