बाल रोग विशेषज्ञ डा. थापाको निधनप्रति चिकित्सक संघ दुःखी
नेपाल चिकित्सक संघले वरिष्ठ बाल रोग विशेषज्ञ डा. नारायण बहादुर थापाको निधनप्रति दुःख व्यक्त गरेको छ।
कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका डा. थापा ७६ बर्षको उमेरमा कार्तिक ३० गते निधन भएको थियो।
संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति निकाल्दै डा.थापाले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य हुने बताएका छन्।
‘इमान्दार, लगनशील र प्रतिष्ठित बालरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ।’
डा.थापाले २०५६ सालमा सरकारी जागिरबाट अवकाश पाएका थिए।
उनले कान्ती बाल अस्पतालमा ४ वर्ष निर्देशकीय जिम्मेवारी निभाएका थिए।
त्यस्तै नेपाल चिकित्सक संघको आजीवन सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्व प्रधान सम्पादक समेत थिए।
पछिल्लो समय उनी इसान बाल अस्पतालका अध्यक्ष थिए।